Back to News

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !

    News
    July 10, 2025
    Needs Nepal Team
    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !

    कञ्चनपुरको पुनर्वासमा कृषी र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत भएका छन् । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्धारा ८० वटा महिला स्वावलम्बन समूह नै बनाएर पालिकाको ११ वटा वडामा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । उक्त कार्यक्रम लागु भएपछी समुहका सदस्यहरुलाई आधारशिला तालीम दिनुका साथै प्रजनन् योग्य उन्नत जातको बोका र बाख्रा बितरण गरीएको छ । हालसम्म २ सय ६ घरधुरीलाई बाख्रा र ३७ घरधुरीलाई प्रजनन योग्य बोका बितरण गरीसकेको छ । पुनर्वास ६ र ९ बस्दै आएका सपना डिम्डुङ र कौशीला देबि सुनारले प्रजनन् योग्य उन्नत जातको बोका प्राप्त गरेपछी अहिले राम्रै कमाइ गर्दै आएका छन् ।

     

    सपना डिम्डुङको कथा :

    कञ्चनपुरको पुनर्वास नगरपालिका, जहाँ पहिला सपना डिम्डुङको जीवन पनि धेरै आम ग्रामीण महिला झैं सीमित थियो । १६ वर्षको कलिलो उमेरमा विवाह गरेपछि उनको जीवन गृहस्थी, खेतबारी र परिवारमै सीमित रह्योे । तर अहिले सपना हिमचुली स्वावलम्बी महिला समूहकी अध्यक्ष छिन्, आत्मनिर्भरता र सामुदायिक नेतृत्वको प्रतीक बनि सकेकी छन् । सपना भन्छिन् पहिला त लाग्थ्यो संघसंस्था त आउँछन् जान्छन् केही परिवर्तन हुँदैन । तर अहिले म आफैँ भन्छु चाहाना, आँट र साथ मिल्यो भने गाउँमै परिवर्तन सम्भव छ ।

    पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र निड्स नेपालको सहकार्यमा गाउँमा आएको कार्यक्रमले उनको जीवनलाई नया मोड दियो । समूह गठन भयो, सपना अध्यक्ष बनिन् । सुरुमा शका थियो, तर काम सुरु भएपछि हरेक दिन उत्साह थपिंदै गयो । समूहका केही सदस्यहरूले बाख्रा पाए, सपना आफैंले प्रजनन् योग्य उन्नत नश्लको बोका पाइन् । त्यसबाट उनले आम्दानी लिन थालिसकेकी छन् । अब उनको समूहले उपहार स्वरूप समूहका अन्य सदस्यहरूलाई पनि बाख्रा वितरण गर्ने योजना बनाएको बताउँछीन् ।

    पहिले बोका नपाएर बजार जानुपथ्र्यो, आइ.बि.आर.डी बजारसम्म पुग्ने बाध्यता थियो, अहिले हामीसँग आफ्नै बोका छ । नश्ल राम्रो छ, पाठा–पाठी पनि बलिया छन्, उनी मुस्काउँदै भन्छिन् । आधारशिला तालिमले त हाम्रो सोचै फेरेको छ सपना थप्छिन्, अब समूहमै काम गर्दा कसरी एकअर्काको सहयोगी बन्न सकिन्छ भन्ने बुझेका छौं । आज सपना केवल बाख्रापालक किसान मात्रै होइनन्, उनी सामुदायिक प्रेरणाको स्रोत बनेकी छन् । आत्मनिर्भरता, सहकार्य र इच्छा शक्तिको मिलन हो — सपनाको यो यात्रा ।

     

    कौशीला देवी सुनारको कथा :

    यहि कार्यक्रम मार्फत कौशीला देवी सुनार पनि यतिबेला गाउँमै आत्मनिर्भरता र सशक्तिकरणको कथा बुनिरहेकी छन् । महाकाली स्वावलम्बी महिला समूहकी उपाध्यक्षका रूपमा सक्रिय कौशीला अहिले बिहानदेखि साँझसम्म बाख्रा र बोका स्याहारमै व्यस्त छिन् — तर यही व्यस्तता नै उनको आत्म गौरवको मूल आधार बनेको छ ।

    सपना जस्तै म पनि अब परिवर्तनको यात्रामा छु, भन्छिन् कौशीला, जसको दिनचर्या नै अहिले फेरिएको छ । पहिले यस्तो उन्नत बोका कहिल्यै देखिएको थिएन, भन्दै उनी दुईवटा बलिया पाठा देखाउँदै भन्छीन्, हेर्नुस् त, यी त जम्मा ५ महिनाकै भए, तर हेर्दा दुई वर्षका जस्ता देखिन्छन् । माशु त निकै छ, भन्दै गर्दा उनको अनुहारमा झल्किएको मुस्कान आजीवन संघर्ष पछि पाएको सन्तोष जस्तो लाग्छ ।

    प्रजनन् योग्य उन्नत जातको बोका पाएपछि कौशीलाले हालसम्म त्यसबाट मात्रै ३०–४० हजार रुपैयाँ कमाइसकेकी छन् । अब त बाख्रा र पाठापाठीको त कुरै छैन, भन्दै उनी थप्छिन् यो त सुरुवात मात्र हो, अव ब्यवसायीक रुपमै काम सुरु गर्छु । कौशीला भन्छिन्, समूहमा आबद्ध भएपछि मात्रै मैले थाहा पाएँ, मिलेर काम गर्न सकियो भने गाउँमै अवसर कति छन् । बोका पाएको दिन सम्झँदा अझै उत्साहित हुन्छु ।

    उनको अनुभवले देखाउँछ, जब महिलाहरूलाई अवसर, सीप र साथ दिइन्छ, उनीहरू केवल आफ्नो जीवन होइन, गाउँको सामाजिक तथा आर्थिक संरचना समेत परिवर्तन गर्न सक्षम हुन्छन् । कौशीलाको आत्मविश्वास र सामूहिक सहकार्यमा अडिएको यो यात्रा आज धेरै ग्रामीण महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

    सपना र कौशीला जस्ता महिलाहरूको कथा कुनै संयोग होइन, यो योजनाबद्ध प्रयास, सामूहिक प्रतिबद्धता र स्थानीय स्तरमै सिर्जना भएको अवसरको परिणाम हो । उनीहरूको आत्मविश्वास र परिवर्तनको कथा, गाउँको बाटो हुँदै देशैभरिका महिलाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

    Source: https://anmolpress.com/

    Other News

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’
    News
    July 7, 2025

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    महेन्द्रनगर। निलो रङले सजिएका, चिटिक्क परेका २ कोठे पक्की घरहरू। छानादेखि भित्तासम्म एउटै रङ। नजिकै शौचालय। यो दृश्य हो शुक्लाफाँटा...

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण
    News
    July 2, 2025

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण

    बझाङ । बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति–२०८२’ मस्यौदा निर्माण गरेर पालिकालाई हस्तान्तरण गरिएको छ । सरकारले विभिन्न नीति...

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम
    News
    June 16, 2025

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा उद्यमशिलता तथा रोजगारप्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वेदकोट नगरपालिकाको रोजगार...

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन
    News
    May 28, 2025

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन

    हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ जेठ । कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम’ अन्तर्गत लालझाडी...

    International Youth Conference (IYC) 2025
    News
    November 28, 2024

    International Youth Conference (IYC) 2025

    International Youth Conference: Connecting youths from the Himalaya to Sea   The International Youth Conference, organized by TROSA-II project. TROSA Phase-2:...