Back to News

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    News
    July 7, 2025
    Needs Nepal Team
    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    महेन्द्रनगर। निलो रङले सजिएका, चिटिक्क परेका २ कोठे पक्की घरहरू। छानादेखि भित्तासम्म एउटै रङ। नजिकै शौचालय। यो दृश्य हो शुक्लाफाँटा नगरपालिका–१० स्थित सिमलखेतको, जहाँ विपन्न ११ परिवारको नयाँ जीवन सुरु भएको छ। वर्षौदेखि कच्ची घरमा बस्दै आएका परिवारले सुरक्षित आवास पाएपछि बस्तीमै उत्साह र खुशीयाली छाएको छ। नगरपालिका र सहयोगी संस्थाको सहकार्यबाट बनाएका घरले बस्तीको सौन्दर्य पनि बढाएको छ।

     

    वर्षौदेखि माटो र काठको कच्ची घरमा जीवन बिताइरहेका सिमलखेतका गर्णेश सार्कीका लागि पक्की घर सपना मात्रै थियो। उनले बाँचुन्जेल पनि यस्तो घरमा बस्न पाइन्छ भन्ने विश्वास थिएन। तर अब त्यो सपना उनका लागि यथार्थ बनेको छ। ६ जनाको परिवारको साथमा रहेका गणेश १० दिनअघि मात्रै नयाँ घरमा सरेका हुन्।

     

    ‘यो मौसममा बढी दुःख हुन्थ्यो, पानी पर्दा छानो चुहिन्थ्यो, सत्नै सकिन्नथ्यो,’ उनले भने, ‘अहिले पक्की घर पाउँदा सुरक्षित महसुस गरेका छौं।’ सिमलखेतकै जयराज सार्की केही दिनअघिसम्म रातमा सुत्दा बिहान के हुने हो भन्ने अनिश्चिततामा बाँचिरहेका थिए। अहिले पक्की घर पाउँदा उनमा त्यो डर छैन्।

    ‘सर्प बिच्छीको डरै डरमा रात बित्थ्यो,’ अहिले घर पाएका छौं, ढुक्कसँग सुत्न पाएका छौं,’ उनले भने, ‘यो घर पाउँदा साँच्चै नागरिक भएको जस्तो लागेको छ, आत्मविश्वास पनि थपिएको छ।’ उनको परिवारमा ५ जनाको परिवार छ। पहिले एउटै कोठामा जसोतसो गुजारा गरिरहेका उनी अहिले २ कोठाको घरमा बस्न पाउँदा खुशी मात्र होइन, गौरव पनि महसुस गरिरहेका छन्।

     

    ‘अब स्वरोजगार हुन पाए हुन्थ्यो,’ जयराज भन्छन्, ‘सीपमूलक तालिम, गाईभैंसी वा अन्य सहयोग मिल्यो भने जीवन नै फेरिन्थ्यो, सहयोग पाउनेमा आशावादी छौं।’ सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि घर निर्माण गरिएको शुक्लाफाँटाका नगर प्रवक्ता लालबहादुर ऐरले बताए।

     

    उनका अनुसार ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र नगरपालिकाको साझेदारीमा ११ घर निर्माण गरिएको छ। नगरपालिकाको २ लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको २ लाख ५० हजार र नागरिकको १ लाख गरेर ६ लाख लगानीमा एउटा घर निर्माण भएको छ।

     

    सिमलखेतका नागरिकलाई आत्मनिर्भर बनाउन १० लाख बजेट विनियोजन गरिएको नगर प्रवक्ता ऐरले बताए। ‘उनीहरुलाई स्वरोजगार तथा उद्यमतर्फ जोड्नका लागि प्रदेश सरकारसँग आग्रह गरेर १० लाख बजेट विनियोजन गराएका छौं,’ उनले भने, ‘उनीहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउँछौं।’

    Source: https://satyadrishya.com/

    Other News

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !
    News
    July 10, 2025

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !

    कञ्चनपुरको पुनर्वासमा कृषी र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत...

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण
    News
    July 2, 2025

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण

    बझाङ । बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति–२०८२’ मस्यौदा निर्माण गरेर पालिकालाई हस्तान्तरण गरिएको छ । सरकारले विभिन्न नीति...

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम
    News
    June 16, 2025

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा उद्यमशिलता तथा रोजगारप्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वेदकोट नगरपालिकाको रोजगार...

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन
    News
    May 28, 2025

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन

    हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ जेठ । कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम’ अन्तर्गत लालझाडी...

    International Youth Conference (IYC) 2025
    News
    November 28, 2024

    International Youth Conference (IYC) 2025

    International Youth Conference: Connecting youths from the Himalaya to Sea   The International Youth Conference, organized by TROSA-II project. TROSA Phase-2:...