Back to News

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन

    News
    May 28, 2025
    Needs Nepal Team
    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन

    हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ जेठ । कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम’ अन्तर्गत लालझाडी गाउँपालिकामा सञ्चालन गरिएका विभिन्न गतिविधिको बुधबार स्थलगत अनुगमन गरिएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, विभिन्न शाखाका कर्मचारीहरू र परियोजना टिमको सहभागितामा अनुगमन गरिएको हो ।

     

    अनुगमन टोलीले वडा नम्बर २ स्थित कञ्ज हाटबजार क्षेत्र, झोलुङ्गे पुल नजिकैको घर बगैँचा खेती तथा तरकारी उत्पादन स्थल, कसुवास्थित आइपिएम कृषक पाठशाला, खर्रा नालामा निर्माणाधीन जैविक तटबन्ध, कसुवामै सञ्चालित स्थानीय नास्ता पसल र जुनेली महिला कृषि सहकारी संस्थाको गतिविधिको अवलोकन गरेको थियो ।

     

    गाउँपालिका अध्यक्ष निर्मल रानाले यस परियोजनाले ग्रामीण समुदायको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले परियोजनाबाट उद्यमशीलता र कृषिमा आधारित स्वरोजगार प्रवर्द्धनमा टेवा पुगेको उल्लेख गर्नुभयो । उपाध्यक्ष सपना चौधरी रानाले कार्यक्रमले महिला, युवा र विपन्न वर्गलाई लक्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्य गरिरहेको बताउनुभयो । उहाँले स्थानीय स्रोतको उपयोगमार्फत दिगो विकासको अभ्यास भएको धारणा राख्नुभयो ।

     

    प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले आयोजनाबाट गरिबी न्यूनीकरण र स्थानीय पूर्वाधार सुदृढीकरणमा सहयोग पुगेको जनाउनुभयो । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले परियोजना स्थानीय आवश्यकता अनुसार बनाइएको र सहभागितामूलक पद्धतिमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । कारितास नेपालका कार्यक्रम अधिकृत छेगुरा चौधरीले परियोजना जीवनस्तर उकास्ने, वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्ने र समावेशी विकासलाई प्राथमिकता दिने उद्देश्यसहित अगाडि बढाइएको उल्लेख गर्नुभयो ।

     

    परियोजनाका गतिविधिहरूले किसानमा व्यावसायिक सोच विकास गरेको, आयआर्जनका नयाँ अवसर सिर्जना गरेको र उपभोक्तामा जैविक उत्पादनप्रति आकर्षण बढाएको अनुगमनमा सहभागीहरूको निष्कर्ष रहेको छ । उक्त परियोजना सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुने गरी सक्रिय रहेको परियोजनाका संयोजक एवं कृषि प्राविधिक अधिकृत दीपक चौधरीले बताउनु भयो । पालिकाको साझेदारीमा अगाडि बढाइएको यस परियोजनाले स्थानीय समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

     

    Source: https://www.nepalbodh.com/detail/5765

     

    Other News

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !
    News
    July 10, 2025

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !

    कञ्चनपुरको पुनर्वासमा कृषी र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत...

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’
    News
    July 7, 2025

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    महेन्द्रनगर। निलो रङले सजिएका, चिटिक्क परेका २ कोठे पक्की घरहरू। छानादेखि भित्तासम्म एउटै रङ। नजिकै शौचालय। यो दृश्य हो शुक्लाफाँटा...

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण
    News
    July 2, 2025

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण

    बझाङ । बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति–२०८२’ मस्यौदा निर्माण गरेर पालिकालाई हस्तान्तरण गरिएको छ । सरकारले विभिन्न नीति...

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम
    News
    June 16, 2025

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा उद्यमशिलता तथा रोजगारप्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वेदकोट नगरपालिकाको रोजगार...

    International Youth Conference (IYC) 2025
    News
    November 28, 2024

    International Youth Conference (IYC) 2025

    International Youth Conference: Connecting youths from the Himalaya to Sea   The International Youth Conference, organized by TROSA-II project. TROSA Phase-2:...