Back to News

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम

    News
    June 16, 2025
    Needs Nepal Team
    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा उद्यमशिलता तथा रोजगारप्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वेदकोट नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा र निड्स नेपालको समन्वय र सहकार्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले गर्नु भएको थियो ।

     

    भने उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग व्यवसायीहरु, क्रसर उद्योग, ईट्टा व्यवसायीहरु, गैर सरकारी संस्थालगायतको उपश्थिती रहेको थियो ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराले दिर्गकालिन रुपमा परिवर्तन ल्याउने, रोजगारीको सिर्जना गर्ने योजनाहरु, तालिमहरु संचालन हुनुपर्ने बताउनु भयो । निजी क्षेत्रमा बढी भन्दा बढी रोजगारी दिन सक्ने खालको क्षेत्र भएकाले सबैले पालिकासंग समन्वय गरेर पालिकाले पनि सहकार्य गरी पालिकामा रहेको बेरोजगारलाई रोजगारी दिने काम हुने बताउनु भयो ।

     

    दोधाराचाँदनीमा निर्माण भईरहेको सुख्खा बन्दरगाह, दैजी औद्योगिक क्षेत्रले सुदूरपश्चिममा विकासको लहर ल्याउने र अधिकाँशले त्यही रोजगार पाउने किसिमले कार्य भईरहेको बताउनु भयो । दैजी औद्योगिक क्षेत्र संचालनमा आउँदा सम्म आफु जनप्रतिनिधी को रुपमा नभए पनि आउने जनप्रतिनिधीहरुले पनि काम गर्ने र अहिले पनि आफूहरुले संचालनमा ल्याउनका लागि पहल गरीरहेको बताउनु भयो ।

     

    यस्तै, वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले विगतका दिनदेखी विभिन्न सिप मुलक तालिम सिप मुलक आय मुलक तालिम प्रदान गरेररोजगार बनाएको बताउनु भयो । सिप सिकेर अहिले धेरैले आम्दानी पनि गरिरहेको र आफनो परिवारलाई आर्थिक रुपमा अगाढी बढाई रहेको बताउनु भयो ।

     

    साथै अहिले पनि योजना बनाउने क्रममा आगामी दिनमा यस्तै आय मुलक र रोजगारी सिर्जना गर्ने खालका योजनाहरु राखेर काम गरिने बताउनु भयो । बजारको मागमा आधारित तालिमहरु संचालन गर्न सके मात्रै रोजगारी पनि बढेर जाने उहाँको भनाई रहेको छ ।

     

    वेदकोट नगरपालिका रोजगार संयोजक भोजराज अवश्थीले पालिकामा रहेको बेरोजगार व्यक्तीहरु लाई लक्षित गरी उनिहरुलाई आन्तरिक रोजगार सिर्जना गर्न कार्यक्रमको अयोजना गरिएको बताउनु भयो । अहिलेको वेरोजगारीको अवस्थालाई न्युनिकरण गर्न नागरिकको जिवन स्तरलाई सुधार गर्न पनि यसको अहम भुमिका रहने बताउनु भयो ।

    Source: https://shuklaphantakhabar.com/

    Other News

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !
    News
    July 10, 2025

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !

    कञ्चनपुरको पुनर्वासमा कृषी र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत...

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’
    News
    July 7, 2025

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    महेन्द्रनगर। निलो रङले सजिएका, चिटिक्क परेका २ कोठे पक्की घरहरू। छानादेखि भित्तासम्म एउटै रङ। नजिकै शौचालय। यो दृश्य हो शुक्लाफाँटा...

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण
    News
    July 2, 2025

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण

    बझाङ । बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति–२०८२’ मस्यौदा निर्माण गरेर पालिकालाई हस्तान्तरण गरिएको छ । सरकारले विभिन्न नीति...

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन
    News
    May 28, 2025

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन

    हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ जेठ । कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम’ अन्तर्गत लालझाडी...

    International Youth Conference (IYC) 2025
    News
    November 28, 2024

    International Youth Conference (IYC) 2025

    International Youth Conference: Connecting youths from the Himalaya to Sea   The International Youth Conference, organized by TROSA-II project. TROSA Phase-2:...