Back to News

    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण

    News
    July 2, 2025
    Needs Nepal Team
    बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति-२०८२’ मस्यौदा निर्माण

    बझाङ । बझाङका तीन स्थानीय तहमा ‘नागरिक सहभागिता नीति–२०८२’ मस्यौदा निर्माण गरेर पालिकालाई हस्तान्तरण गरिएको छ । सरकारले विभिन्न नीति निर्माण गर्दा नागरिकको प्रत्यक्ष सहभागिता गराउनुपर्ने भन्दै निड्स नेपाल नामक संस्थाले उक्त मस्यौदा निर्माण गरेर पालिकालाई पारित गर्नका लागि हस्तान्तरण गरिएको हो ।

    बझाङको दुर्गाथली, खप्तडछान्ना र मष्टा गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा अन्तक्र्रिया कार्यक्रमपछि नागरिक सहभागिता नीति २०८२ को मस्यौदा निर्माण गरी हस्तान्तरण गरिएको निड्स नेपालका फिल्ड अधिकृत दीर्खराज ओझाले बताए ।

    ओझाका अनुसार स्थानीय तहमा करको दर निर्माण, पूर्व बजेट छलफल, नीति कार्यक्रम, बस्ती भेला, योजना छनौट तथा कार्यान्वयनका काममा जनतालाई सहभागी गराएर निर्णय गर्नुपर्ने उद्देश्यसहित मस्यौदा निर्माण गरिएको हो ।

    अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहका विज्ञ तथा कानुन व्यवसायी अधिवक्ता झंकर कुँवरले नागरिकको सहभागिताबिना बनाएका नीतिहरू जनतामुखी नहुने भन्दै स्थानीय सरकार नागरिकमैत्री बनाउन सुझाबसहित मस्यौदा तयार गरेको बताए । ‘हरेक कुरालाई पारदर्शी बनाउन, कानुनी राज्यको आभाष गराउन सरकारले जनतालाई साथमै राखेर निर्णय गर्नुपर्छ भनेर सुझाब दिएका छौँ । उक्त मस्यौदा स्थानीय तहमा कार्यपालिकाको बैठकले पास गरेपछि कार्यान्वयन हुन्छ ।’ उनले भने ।

    अधिवक्ता कुँवरले आम नागरिकले संविधानले दिएका कुराहरू पालना गर्नुपर्ने बताए । सबै तहका सरकारले जनतामुखी काम गर्नका लागि कानुन बनाएको हुन्छ, त्योअनुसार सबैले काम गर्नुपर्ने उनले बताए ।

    स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका कुरालाई राज्य तथा जनताले पालना नगर्नु भनेको कानुनलाई गिज्याउनुसरह हुने उनले बताए । ‘कानुनलाई गिज्याउँदा मुलुकमा बेथिति आउँछ,’ उनले भने, ‘पारित भइसकेका जनहितका ऐन, कानुनलाई कार्यान्वयन गर्नु र नयाँ नीति निर्माणमा सबैको सहकार्य तथा सहभागिता गराउनुपर्छ । त्यो राज्यको कर्तव्य पनि हो ।’

    नागरिक सहभागिता नीति–२०८२ को मस्यौदा पालिकाका अध्यक्षहरूले आवश्यक अध्ययन गरी कार्यपालिकाबाट पारित गर्ने प्रतिवद्धता जनाएको निड्स नेपालका कार्यक्रम प्रबन्धक मीन शाहीले बताए ।

    उनले सबै पालिकामा बालमैत्री स्थानीय शासन बनाउन पनि छलफल भएको बताए । ‘अहिले मुलुकभर १०१ वडाहरू बालमैत्री स्थानीय शासन घोषणा भइसकेका छन् । २४ स्थानीय तह छन् । अब बाँकीका पालिकाहरूले पनि बालबालिकाको मौलिक हकसम्बन्धि सबै सबै सूचकहरू पूरा गरे बालमैत्री स्थानीय शासन घोषणा हुन्छन् ।’ उनले भने ।

    बालबालिकाका समस्या पहिचान, समाधानको पहल र समावेशी नीति निर्माणमा टेवा पु¥याउने उद्देश्यले बालमैत्री स्थानीय शासन घोषणा गर्नुपर्ने उनले बताए । उनका अनुसार ५१ वटा सूचकहरू पूरा भएपछि बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिन्छ । बालमैत्री स्थानीय शासन बनाउनका लागि गाउँपालिका अध्यक्ष समितिको अध्यक्ष रहने गरी उपाध्यक्ष/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्षहरू, शाखा प्रमुखहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधिसहित रहने गरी समिति बनाएका छन् । समितिले सबै सूचकहरू पूरा गरेर वडा वा पालिका नै बालमैत्री स्थानीय शासन घोषणा गर्न मद्दत पुग्ने उनले बताए ।

    युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्यमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजनामा सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा ‘नागरिक सहभागिता नीति–२०८२’ मस्यौदा निर्माण गरेर हस्तान्तरण गरिसकेको शाहीले बताए ।

    Source: https://teshrodhruba.com/

    Other News

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !
    News
    July 10, 2025

    सपना र कौशीलाको सफलताको कथा: गाउँमै उद्यमशीलता र आत्मनिर्भरता बोक्ने दुई अनुहार !

    कञ्चनपुरको पुनर्वासमा कृषी र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत...

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’
    News
    July 7, 2025

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    महेन्द्रनगर। निलो रङले सजिएका, चिटिक्क परेका २ कोठे पक्की घरहरू। छानादेखि भित्तासम्म एउटै रङ। नजिकै शौचालय। यो दृश्य हो शुक्लाफाँटा...

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम
    News
    June 16, 2025

    वेदकोटमा उद्यमशिलता तथा रोजगार प्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा उद्यमशिलता तथा रोजगारप्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वेदकोट नगरपालिकाको रोजगार...

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन
    News
    May 28, 2025

    लालझाडीमा सञ्चालित जीविकोपार्जन तथा उत्थानशीलतामूलक गतिविधिहरूको स्थलगत अनुगमन

    हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ जेठ । कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम’ अन्तर्गत लालझाडी...

    International Youth Conference (IYC) 2025
    News
    November 28, 2024

    International Youth Conference (IYC) 2025

    International Youth Conference: Connecting youths from the Himalaya to Sea   The International Youth Conference, organized by TROSA-II project. TROSA Phase-2:...